१५ जेठ २०८३, शुक्रबार
Nepal Bank AD 2082 mansir

पत्रकार पक्राउ क्रम बढेपछि महासंघद्धारा आन्दोलनको घोषणा


प्रकाशित: बुधवार, ४ बैशाख २०७५, ११ः०० बजे
- महानगरखवर

काठमाडौं । सरकारले विद्युतीय कारोबार ऐनको नाममा पत्रकारहरु धमाधम पक्राउ गर्न थालेपपछि नेपाल पत्रकार महासंघले आन्दोलनको घोषणा गरेको छ । 


महासंघले कारोवार ऐनको दफा ४७ र ४८ अन्तर्गत पत्रकारलाई नियन्त्रणमा लिने क्रम बढेपछि सो विरोध गरेको छ । 


महासंघले तत्काल सो दफा खारेजीको माग गर्दै अर्जुन गिरी लगायतका पत्रकारलाई रिहा गर्न भनेको छ । 


निर्वाध प्रेस स्वतन्त्रता उपभोगमा अवरोध खडा गर्दै प्रेस स्वतन्त्रतालाई निस्तेज बनाउने काम बढेपछि महासंघ आन्दोलन गर्न बाध्य भएको महासचिव रमेश विष्टले बताए । 


महासंघले भोलि ५ गते विहान ९ः३० देखि १०ः३० बजेसम्म जिल्ला शाखामार्फत जिल्लामा १ घण्टा धर्ना बस्ने र महासंघ केन्द्रीय समितिले गृह र सञ्चार मन्त्रालयमार्फत विरोधपत्र बझाउने कार्यक्रम तय गरेको छ ।
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex