३२ आषाढ २०८२, बुधबार
Header

पत्रकार दिलभूषण पाठक २५ हजार धरौटीमा छाड्न आदेश 


प्रकाशित: विहिवार, १९ असार २०८२, २०ः४० बजे
- महानगरखवर

काठमाडौ । पत्रकार दिलभूषण पाठकलाई २५ हजार रुपैयाँ धरौटीमा रिहा गर्न काठमाडौं जिल्ला अदालतले आदेश दिएको छ । 


जिल्ला अदालत काठमाडौंका न्यायाधीश खेमराज भट्टको इजलासले बिहीबार पाठकलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो । 


पाठकले केही समयअघि आफ्नो युट्युब च्यानल ‘टफ टक विथ दिलभूषण पाठक’ मार्फत हिलटन होटल र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका छोरा जयवीर देउवासम्बन्धी भिडियो रिपोर्ट सार्वजनिक गरेका थिए । 


उक्त सामग्री सार्वजनिक भएपछि उनीविरुद्ध विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गतको कसुरमा पक्राउ पुर्जी जारी गरिएको थियो । 


यद्यपि, उच्च अदालत पाटनले उनलाई तत्काल पक्राउ नगर्न आदेश दिएको थियो । 


पाठकविरुद्ध असार १६ गते साइबर अपराध अन्तर्गत मुद्दा दर्ता भएको थियो । 
 

asteriskhubs
Home Page Bottom Second


NBL Suubha Gyan bachat
budha jyanti 2569
maharjan complex