१२ बैशाख २०८१, बुधबार
Header

पत्रकार दबूलाई महानगर प्रमुख शाक्यको बधाई तथा शुभकामना


प्रकाशित: सोमबार, ९ मंसिर २०७६, १८ः३० बजे
- महानगरखवर

काठमाडौं । काठमाडौं महानगर प्रमुख विद्यासुन्दर शाक्यले नेवाः पत्रकार राष्ट्रिय दबुको नवनिर्वाचित केन्द्रिय समितिलाई बधाई तथा शुभकामना दिएका छन । 


सोमबार राजधानीमा आयोजित कार्यक्रममा प्रमुख शाक्यले पत्रकार दबूले नेपाल भाषाको सञ्चार क्षेत्रमा पु¥याएको योगदानको चर्चा गर्दै धन्यावाद ज्ञापन समेत गरेको छ । 


दबूले निरन्तर रुपमा सुचना तथा सञ्चारको माध्यमबाट नेपाल भाषाको पत्रकारिता महत्वपूर्ण भूमिका खेल्नु पर्ने र सञ्चार क्षेत्रलाई आफूलाई पनि सक्षम बनाउनु पर्नेमा प्रमुख शाक्यले जोड दिएका थिए । 


दबूका केन्द्रिय अध्यक्ष सुरजवीर बज्राचार्यले नेपाल भाषाको पत्रकाररिता क्षेत्रमा खटिएका पत्रकारहरुको समस्या र सामाधानको बारेमा चर्चा गरेका थिए भने दबूका वरिष्ठ उपाध्यक्ष निरपेन्द्रलाल श्रेष्ठले दबूको आगामी योजना तथा कार्यक्रमहरुको बारे बताएका थिए ।

 

कार्यक्रममा दबूका महासचिव सुनिल महर्जनले दबूलाई महानगरपालिकाले सहयोग र साथ दिँदै आएकोमा महानगर प्रमुख शाक्यलाई धन्यावाद ज्ञापन गर्नुका साथै नेपाल भाषाका सञ्चार क्षेत्रमा महानगरको थप योगदान आवश्यक रहेको बताए ।

 
सो कार्यक्रममा महानगरका राजेन्द्र स्थापित, नेपाल भाषाटाईम्सका सम्पादक सुरेश किरण मानन्धर, २३ वडा अध्यक्ष मचाराजा महर्जन, महानगर प्रवक्ता ईश्वरमान डंगोल, बरिष्ठ सिने पत्रकार बिजयरत्न अंशवरे लगायतका उपस्थिती रहेको थियो । 

 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD