१२ बैशाख २०८१, बुधबार
Header

पत्रकार दबूद्धारा ८० जना पत्रकारलाई राहात वितरण


प्रकाशित: सोमवार, २२ बैशाख २०७७, २०ः०० बजे
- महानगरखबर

काठमाडौं । नेवाः राष्ट्रिय पत्रकार दबूले लकडाउनका कारण समस्यामा परेका पत्रकारहरुलाई राहत वितरण गरेको छ ।


लायन्स क्लब अफ काठमाडौं विशालबजार र राउण्ड टेबल नेपालसंग सहकार्यमा पत्रकार दबूले ८० जना पत्रकारहरुलाई राहत वितरण गरेको वरिष्ठ उपाध्यक्ष नृपेन्द्रलाल श्रेष्ठले जानकारी दिए । 


लायन्स क्लब अफ काठमाडौं विशाल बजारका प्रेसिडेण्ट सुर्यतेज शाक्यले पत्रकार राष्ट्रिय दबूका अध्यक्ष सुरजवीर बज्रचार्य र र महासचिव सुनील महर्जनलाई राहत सामग्री हस्तान्तरण गरेका थिए । 


सो अवसरमा लायन्स क्लब अफ काठमाडौंका कलस्ट प्रमुख उमेशकुमार खतिवडाले लकडाउनको अवधिम जनतामा समक्ष सत्यतथ्य सूचना प्रवाह गर्न पत्रकारहरुले निर्वाह गरेको भूमिकालाई प्रशंसा गर्दै जिविकोपार्जनमा कठिनाई भएका पत्रकारहरुलाई राहत वितरण गर्न पाएकोमा खुशी व्यक्त गरे । 


कार्यक्रमा राउण्ड टेबुल नेपालका अध्यक्ष सौरभ केडिया र काठमाडौं राउण्ड टेबलका अध्यक्ष आञ्चल अग्रवालको उपस्थिति रहेको थियो ।


कार्यक्रमका संयोजक तथा दवूका केन्द्रिय कोषाध्यक्ष सुरेन्द्रभक्त श्रेष्ठले विपत समयमा सहयोग गर्नुहुने सबैप्रति हार्दिक आभार प्रकट गरे । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD