२ भाद्र २०८३, मंगलबार
Header

पत्रकार दबूको साधारणसभामा पत्रकार राजेन्द्र स्थापित लगायत विभिन्न संचारकर्मी सम्मानित


प्रकाशित: आईतवार, २१ चैत्र २०७७, ११ः३० बजे
- महानगरखवर

काठमाडौं । नेवाः पत्रकार राष्ट्रिय दबूको आठौं साधारणसभामा वरिष्ठ पत्रकार राजेन्द्र स्थापित सम्मानित भएका छन । 


शुक्रवार मध्यपुर ठिमीमा आयोजित सभामा पत्रकार स्थापितलाई ज्ञानज्योति लक्ष्मीप्रभा पुरस्कार र २० हजार नगद पुरस्कारसहित पुरस्कृत गरिएको हो ।


सो अवसरमा नागरिककर्मी पत्रकार वृmष्ण किसीलाई रु. १५ हजार राशीसहित ज्ञानदेवी मणिरत्न स्थापित स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिएको थियो । 


बुद्ध धर्मको सन्देश प्रचार प्रसारमा योगदान दिएको भन्दै बोधि टेलिभिजन भिक्षु कुमार काश्यप स्मृति पत्रकारिता पुरस्कार बोधि टेलिभिजनका कार्यकारी निर्माताले राजु नापितले बोधि टेलिभिजनको प्रतिनिधित्व गर्दै रु. १२ हजार राशीसहितको उक्त पुरस्कार ग्रहण गरेका थिए । 


फोटो पत्रकारिता क्षेत्रमा सक्रिय रहेकी महिला फोटो पत्रकारलाई रेखा शाक्यलाई बाबुराजा ज्यापु फोटो पत्रकारिता पुरस्कारबाट पुरस्कृत गरियो । उक्त पुरस्कारको राशी रु. १० हजार रहेको छ । 


पुरस्कारबाट सम्मानित हुनेहरुलाई वागमती प्रदेशका सांसद राजेश शाक्यले सम्मान पत्र प्रदान गरेका थिए भने मध्यपुर थिमि नगरपालिकाका प्रमुख मदन सुन्दर श्रेष्ठले दोसल्ला ओढाई सम्मान गरेका थिए । 


कार्यक्रममा वागमती प्रदेशका सांसद शाक्य र मध्यपुर थिमि नगरपालिकाका प्रमुख श्रेष्ठले संयुक्तरुपमा पत्रकार दबूको स्मारिका ‘लुमन्ति पौ’ को विमोचन समेत गरेका थिए । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex