१४ बैशाख २०८१, शुक्रबार
Header

पत्रकार दबूको कोरोना कोषमा शिक्षा मन्त्री श्रेष्ठद्वारा १ लाख रुपैयाँ सहयोग


प्रकाशित: बुधवार, २ असार २०७८, १७ः०० बजे
- महानगरखवर

काठमाडौं । नेवाः पत्रकार राष्ट्रिय दबूको कोरोना द्रुत प्रतिकार्य कोषमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले १ रुपियाँ सहयोग गरेको छ ।


मन्त्री श्रेष्ठले पुल्चोक, हरिहरभवनस्थित मन्त्री निवासमा कोषका संयोजक सुरेन्द्रभक्त श्रेष्ठलाई सो रकम बुधबार हस्तान्तरण गरेका छन ।


कोरोना महामारीको समयमा पत्रकारहरुलाई सहयोग गर्न पत्रकार राष्ट्रिय दबूले कोरोना दु्रत प्रतिकार्य समूह गठन गरेको थियो । 


सो अवसरमा मन्त्री श्रेष्ठले पत्रकारिता मार्फत समुदायको अधिकार, भाषा, संस्कृतिको उत्थानमा पत्रकार राष्ट्रिय दबूले पु¥याउँदै आएको योगदानको सराहना गर्दै त्यस कार्यमा हौसला प्रदान गर्न आफूले व्यक्तिगत रुपमा यथोचित सहयोग गरेको बताए । 


प्रत्येक नागरिकलाई खोप सुनिश्चित गर्न सरकारले पहल गरिरहेको बताउँदै मन्त्री श्रेष्ठले अहिलेको विषम परिस्थितिमा भ्रम र अफवाहले थप नकारात्मक असर पु¥याउन सक्ने भन्दै सत्यतथ्यमा आधारित समाचार लेख्न आग्रह समेत गरे । 


सो अवसरमा पत्रकार राष्ट्रिय दबूका केन्द्रीय अध्यक्ष सुरजवीर बज्राचार्य, दबूका कोषाध्यक्ष एवं समूहका संयोजक सुरेन्द्रभक्त श्रेष्ठ, दबूका महासचिव सुनिल महर्जन लगायतको उपस्थिती रहेको थियो । 


अहिलेसम्म कोषमा अहिलेसम्म कोषमा करिब ३ लाख रुपैयाँ जम्मा भइसकेको पनि संयोजक श्रेष्ठले जानकारी दिए । कोषमा विभिन्न समाजसेवी, संघ, संस्था तथा व्यक्तिहरुले सहयोग गरेका छन । 


 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD