७ बैशाख २०८१, शुक्रबार
Header

पत्रकार दबूको अध्यक्षमा सुरजवीर बज्राचार्य चयन


प्रकाशित: आईतबार, १ मंसिर २०७६, १९ः०० बजे
- महानगरखवर

काठमाडौं । नेवाः राष्ट्रिय पत्रकार दबूको शनिवार भएको तेस्रो महाधिवेशनबाट पत्रकार सुरजवीर बज्राचार्य अध्यक्ष पदमा निर्विरोध निर्वाचित भएका छन ।

 
महाधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा नृपेन्द्रलाल श्रेष्ठ, उपाध्यक्षमा रचना श्रेष्ठ र संदिप श्रेष्ठ चयन भएका छन भने महासचिवमा सुनिल महर्जन, सचिवमा केके मानन्धर, कोषाध्यक्षमा सुरेन्द्रभक्त श्रेष्ठ, सह–सचिवमा राजु नापित र प्रेरणा शाक्य तथा सह–कोषाध्यक्षमा बाबुकाजी साःछेँ श्रेष्ठ चयन भएका छन ।


त्यसैगरी दबूको सदस्यहरुमा नविन जोशी, विराजकाजी राजोपाध्याय, प्रजित शाक्य, विगेन तुलाधर विजयराम कर्माचार्य, भाइकाजी महर्जन चयन भएका छन । 


त्यसैगरी हसना लवजु, अनुप प्रधान, श्याम तण्डुकार, तेजनारायण महर्जन, पूर्णभक्त दुवाल, विनय प्रधान, रुवि श्रेष्ठ, सुनिता महर्जन, मीना बज्राचार्य, अनिता डंगोल र निशा श्रेष्ठ रहेका छन ।


त्यस्तै, गण्डकी प्रदेशबाट केन्द्रिय सदस्यमा गोरखाका उत्तम कुमार श्रेष्ठ तथा प्रदेश नं. १ बाट सुनसरीका भोजराज श्रेष्ठलाई चयन गरेको छ । 


सो महाधिवेशनको औपचारिक कार्यक्रममा पत्रकाररिता क्षेत्रामा योगदान पुराएका व्यक्तित्वहरु सम्मानित गरिएको थियो । 


सम्मानित हुनेहरुमा काभ्रे निवासी वरिष्ठ पत्रकार तथा साहित्यकार मोहन दुवाललाई वाङमय शताब्दी पुरुष सत्यमोहन जोशी पत्रकारिता पुरस्कार तथा नगद दस हजार रुपियाँ हस्तान्तरण गरिएको थियो । 


ज्ञानज्योती लक्ष्मीप्रभा स्मृति पत्रकारिता पुरस्कारसँगै नगद बीस हजार रुपियाँ झापा धुलाबारी निवासी वरिष्ठ पत्रकार तथा साहित्यकार अमृतलाल श्रेष्ठलाई दिइएको थियो । 


राष्ट्रिय समाचार समितिका फोटो पत्रकार रत्नकृष्ण श्रेष्ठलाई बाबुराजा ज्यापु फोटो पत्रकारिता पुरस्कार तथा नगद दस हजार रुपियाँ दिइएको थियो ।


भिक्षु कुमार काश्यप स्मृति पत्रकारिता पुरस्कार तथा नगद एघार हजार एक सय रुपियाँ कान्तिपुर दैनिकका हिमेशरत्न बज्राचार्यलाई दिइएको थियो ।


ज्ञानदेवी मणिरत्न स्थापित स्मृति पत्रकारिता पुरस्कार तथा नगद बाह्र हजार रुपियाँ भने धरान निवासी वरिष्ठ पत्रकार याम प्रधानलाई दिइएको थियो ।


महाधिवेशन उद्घाटन सत्रका प्रमुख अथिति रहेका काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले पत्रकारिता क्षेत्र मर्यादित हुनुपर्नेमा जोड दिँदै महाधिवेशन सफलताको शुभकामना समेत दिएका थिए । 


त्यसैगरी महाधिवेशनमा प्रदेश नं. ३ का सांसाद राजेशकाजी शाक्य, जीवन डंगोल, प्रेस काउन्सिल नेपालका कार्यबहाक अध्यक्ष किशोर श्रेष्ठले  नेवाः पत्रकारहरुले सवल पत्रकारिता गरेर राष्ट्रिय क्षेत्रमा महत्वपूण योगदान दिनुपर्ने बताएका थिए । 


नेपाल पत्रकार महासंघका प्रतिनिधि, नेपाल आदिवासी जनजाति पत्रकार महासंघका प्रतिनिधि, दबूका सल्लाहकार, चितवन, सुनसरी, लमजुङ, गोरखा, धादिङ, तनहुँ, झापा, कञ्चनपुर, काभ्रे, सिन्धुपाल्चोक लगायतका जिल्लाबाट सिफारिस गरिएका पार्षदहरूको सहभागिता रहेको थियो ।
 

 

 

 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD