१८ बैशाख २०८१, मंगलबार
Header

पत्रकार दबुद्धारा ६ जना महिला साधाना पत्रकारिता पुरस्कारबाट सम्मानित


प्रकाशित: बुधवार, १४ चैत्र २०८०, १०ः०२ बजे
- महानगरखवर

काठमाडौं । नेवाः पत्रकार राष्ट्रिय दबुले साधाना पत्रकारिता पुरस्कारबाट ६ जना महिला पत्रकारलाई सम्मान गरेको छ । 


सोमबार नेपाल पर्यटन बोडको हलमा आयोजित कार्यक्रममा उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवको प्रमुख आथित्यमा सम्मान गरिएको । नेवाः पत्रकार राष्ट्रिय दबुको अध्यक्ष निपेन्द्रलाल श्रेष्ठले जानकारी दिए । 


सम्मानित हुनेहरुमा नेपाल समाचारपत्र वरिष्ठ सहायक सम्पादक भगवती तिमल्सिना, भक्तपुरका पहिलो महिला फोटोपत्रकार सुनी बनेपाली, नेपाल टेलिभिजनका पवनवर्षा शाह, गोरखापत्रका यलु जोशी, मेट्रोएफका रीता महर्जन र नयाँ पत्रिकाका शान्ति तामाङ रहेकी छिन । 


उनीहरुलाई १ सय १४ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारेर उनीहरुको योगदानको कदर गर्दै सम्मान गरिएको अध्यक्ष श्रेष्ठले बताए ।

 
सम्मानितहरुलाई उपपप्रधानमन्त्री उपेन्द्र यादवले सम्मान पत्र प्रदान गरेका थिए भने दबू अध्यक्ष श्रेष्ठले फुलमाला, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ(फोनिज)का वरिष्ठ उपाध्यक्ष अमरध्वज लामाले खादा ओढाई दिएका थिए । 


सो अवसरमा उपप्रधानमन्त्री यादवले संघीयताको सार्थक अभ्यासले मात्र महिला हकअधिकारसहित समावेशी शासन व्यवस्था अनुभुत गराउने धारणा राखेका थिए । 


उनले महिला र अझ उत्पीडित वर्ग र समुदायको महिलालाई जुनसुकै क्षेत्रमा चुनौती भोग्नुपरिरहेको उल्लेख गर्दै उहाँले ती चुनौतीका बाबजुढ क्रियाशील विभिन्न समुदायका महिला पत्रकारहरुलाई सम्मान गर्न पाउँदा खुशीको अनुभूत भएको सुनाए । 


सो अवसरमा पत्रकार दबूबाट महिला पत्रकारिताका बिषय समावेस भइको ‘आज्जु’ नामक बुलेटिकको पनि बिमोचन गरिएको थियो । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD