काठमाडौं । गत पुष २५ गते कुटपिट गरी हत्या गरिएको मकवानपुरका पत्रकार मनोहर ढकालका हत्यारालाई प्रहरीले शनिवार सार्वजनिक गरेको छ ।
प्रहरीले हत्यामा संग्लन हेटाँैडा–११ नवलपुरका १९ वर्षीय अनमोल पुडासैनी, मनहरी–१ का प्रवीण वाइबा, दिनेश मोबाइल एण्ड इलेक्टोनिक्स सेन्टरका दिनेश थापामगर, नारायणी सुनचाँदी पसलका नारायणबहादुर सुनार रहेका छन् ।
प्रहरीको बयानमा अभियुक्तद्वय पुडासैनी र वाइबाले पत्रकार ढकालको घाँटी थिचेर तथा मुक्का र ढुङ्गा प्रहार गरी हत्या गरेको बताएको छ ।
अन्य दुई थापामगर र सुनवारले विना विलको मोबाइल तथा सुनको औँठी किनेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले बताएको छ ।
गत पुस २५ गते ढकाललाई राप्ती पुल नजिकै जङ्गलमा गम्भीर घाइते अवस्थामा भेटाइएको थियो ।
ढकाल विगत १५ वर्षदेखि विभिन्न रेडियोमा काम गर्दै आउनुभएका ढकाल रेडियो अनमोलमा कार्यरत थिए ।
उनी बुद्धमाध्यामिक विद्यालय हेटौँडा–१२ का शिक्षकसमेत रहनुभएका थिए ।
Categorized in समाज