४ जेठ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

पत्रकारितामा पद्मरत्न विषयक छलफल सम्पन्न


प्रकाशित: भदौं २ शनिबार, काठमाडौं
- करुण

नेपालको पत्रकारिता क्षेत्रमा लोकतान्त्रिक तथा नागरिक आन्दोलनका अगुवा पद्मरत्न तुलाधरले पुर्याउनु भएको योगदानको विषयमा छलफल कार्यक्रम काठमाडौंमा सम्पन्न भएको छ । तुलाधरले लोकतान्त्रिक आन्दोलनमा पत्रकारिताको माध्यमबाट निर्वाह गर्नुभएको भूमिका विषयमा पद्मरत्न तुलाधर नागरिक अभिनन्दन समारोह समितिको आह्वानमा नेवाः पत्रकार राष्ट्रिय दबूले शनिबार ‘पत्रकारितामा पद्मरत्न तुलाधर’ विषयक विचार गोष्ठी सम्पन्न भएको हो ।

 

कार्यक्रममा नेपाल प्रेस काउन्सिलका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले पद्मरत्न तुलाधरको प्रखर वक्तृत्वको चर्चा गर्दै भन्नुभयो ‘नेपालमा दुई जना नेता मात्र यस्ता छन्, जसको भाषण र भाषणको रेकर्ड टेप सुन्न हजारौं जनता लालायित भए । ती हुन् मदन भण्डारी र अर्को पद्मरत्न ।'

 

परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठले लोकतान्त्रिक आन्दोलन र भाषिक समानताको लागि मिसन पत्रकारिता गर्नुभएको धारणा राख्नुभयो । मल्ल के सुन्दरले पञ्चायती व्यवस्थाका विरुद्ध, लोकतान्त्रिक मूल्य, समानताका लागि उहाँले गर्नुभएको पत्रकारिताबाट आजको पुस्ताले सिक्नुपर्ने खाँचो औँल्याउनुभयो । 

 

नेकपाका नेता रघुजी पन्तले पद्मरत्नको पत्रकारितामा प्रखरतासँगै हास्यव्यङ्ग लेख्न सक्ने क्षमताको सराहना गर्नुहुँदै नेपालको लोकतन्त्र, मानवअधिकार र नागरिक अधिकारका लागि पद्मरत्नको उल्लेखनीय योगदानको रहेको बताउनुभयो ।

 

सो अवसरमा अगुवा तुलाधरले आफैले समेत बिर्सिसकेको कुरो स्मरण गराउने सबैलाई धन्यवाद दिँदै आफू धेरै वर्षसम्म बाँच्ने विश्वास व्यक्त गर्नुभयो ।

 

नेवाः पत्रकार राष्ट्रिय दबूका केन्द्रीय अध्यक्ष श्रीकृष्ण महर्जनले समावेशी पत्रकारिता, मातृभाषाको पत्रकारिता र लोकतान्त्रिक आन्दोलनमा तुलाधरको भूमिकाले पत्रकारलाई सदैव प्रेरणा दिने बताउनुभयो ।

 

तुलाधरको यही भदौं १६ गते हुने भिमरथारोहणको अवसरमा विविध कार्यक्रम गरी मनाउने निर्णय अनुरुप सो कार्यक्रम आयोजना गरिएको हो । शुक्रबार नेपालको मानव अधिकार आन्दोलनमा पद्मरत्न तुलाधरको भूमिका विषयक विचार गोष्ठी आयोजना गरिएको थियो । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका लागि मिसन पत्रकारिता, भाषिक समानताका लागि समावेशी पत्रकारिता भन्ने नाराका साथ सो कार्यक्रम आयोजना गरिएको थियो ।

 

तुलाधरले २०१४ सालतिर नेपाल भाषाको पहिलो दैनिक नेपालभाषा पत्रिकाबाट पत्रकारिता यात्रा शुरु गर्नुभएको थियो । पत्रिकाका सम्पादक एवं नेपाल पत्रकार महासंघका सस्थापक सदस्य फत्तेबहादुर सिंहको सहयोगीको रुपमा तुलाधरले लामो समय काम गर्नुभयो । सम्पादक सिंहले पत्रिका चलाउन नसकेपछि उहाँले असन बालकुमारीस्थित मदन प्रिण्टिङ्ग प्रेस खालेर सम्पादन, लेख लेख्नदेखि लिएर छपाई र पत्रिका बजारसम्म पु¥याउने कार्य उहाँ एक्लैले गर्नुभएको थियो । त्यसपछि वामपन्थीहरुको पत्रिका रातो युगधाराको सम्पादक भई तुलाधरले पञ्चायती व्यवस्था विरुद्ध नेपाली भाषामा निरन्तर स्तम्भ लेख्न शुरु गर्नुभएको थियो ।

asteriskhubs
Home Page Bottom Second


maharjan complex