१६ चैत्र २०८०, शुक्रबार
Header

पठाओको कार्यालय तोडफोड


प्रकाशित: सोमवार, १३ पुष २०७७, १७ः०० बजे
- महानगरखवर

काठमाडौं । राइड सेयरिङ एप पठाओका असन्तुष्ट चालकहरूले माग पुरा नभएपछि कार्यालयमा तोडफोड गरेका छन । 


चालकहरुले यस अघि कमिसन घटाउन माग गर्दै सोमबार कम्पनीलाई बुझाएको मागप्रति छलफल गर्ने क्रममा केही व्यक्तिले कम्पनी रहेको भवनको झ्यालको सिसा फुटाएको बानेश्वर प्रहरीले जनाएको छ । 


अधिकतम ८ प्रतिशत मात्रै कमिसन लिन माग गरेका छन तर अहिले कम्पनीले यात्रुले तिर्ने भाडाबाट २० प्रतिशत कमिसन राख्ने गरेको छ ।


कम्पनीले राइडर र यात्रुको १ लाखसम्मको उपचार बिमा र मृत्यु भएका ५ लखाखको दुर्घटना बिमा पनि गर्ने घोषणा गरिसकेपनि कमिसन घटाउने लगायतका मागमा कम्पनी र चालकहरुविच सहमति जुट्न सकेको थिएन । 


पठाओले विभिन्न ११ बुँदाको मागमध्ये कतिपय माग पुरा गर्न नसक्ने बताएपछि कम्पनीमा केही राइडर वार्ताका लागि पुगेका थिए । प्रहरीले त्यहा रहेका २६ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD