८ बैशाख २०८१, शनिबार
Header

पञ्चाङ समितिलाई सत्यमोहनको सुझावः ‘नेवारी परम्परालाई नचलाउ ’


प्रकाशित: सोमबार, ६ असोज २०७६, २१ः०० बजे
- अजय खड्गी

काठमाडौं । शताब्दी पुरुष सत्यमोहन जोशीले पञ्चाङ समितिलाई नेवारी परम्परा र व्यवहारलाई नचालाउन सुझाव दिएका छन । 


सोमबार राजधानीमा नेपालभाषा मंकाः खलःद्धारा आयोजित अन्तरक्रियामा पञ्चाङ समितिले प्रकाशित गरेको पात्रो अनुसार नभई नेवारी परम्परा  स्वन्ति पर्व (लक्ष्मी पुजा, म्हपूजा, किजा पूजा) गर्नुपर्ने शताब्दी पुरुष जोशीले बताएको छ । 


पञ्चाङ समितिको पात्रो अनुसार स्वन्ति पर्वमा देखिएको अन्यौलता प्रष्ट पार्दै जोशीले भने,‘ सयौं हजारौ बर्षदेखि चलिएको नेवारी परम्परा आफ्नै रिती थिति र गणित अनुसार चल्छ, यसमा अरुको हस्तक्षेप चल्दैन ।’ 


मंकाः खलःले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘ वि.स. २०७६ को नेपाल पञ्चाङ समितिले प्रकाशनमा ल्याएको सयौ बर्ष अधि देखि प्रचलनमा रहेको राष्ट्रको मौलिक संवत नेपाल संवतं, नेवारहरुको पहिचान, परम्परा र संस्कृति विपरित ‘म्हपूजा र किजा पूजा’ को तिथिहरुमा अन्यौलता देखिएको छ ।’


नेवारी परम्परा र व्यवहार अनुसार कार्तिक ११ गते लक्ष्मी पूजा, १२ गते नेपाल संवत, म्हपूजा र १३ गते किजापूजा (भाई) पूजा गर्न जारी विज्ञप्तीमार्फत सबैमा अनुरोध गरेको छ । 


पञ्चाङ समतिको पात्रो अनुसार म्हपूजा औंसिका दिन र दुतियाका दिन नेपाल संवत परिवर्तन हुने भनी दुस्प्रचार गरेर म्हपूजा र नयाँ बर्ष अलग गरि विभाजन ल्याउनु र किजापुजा प्रतिपदाको दिन गर्ने भनि विवादस्पद तिथि उल्लेख हुनु नेपालको मौलिक नेवार संस्कृति र परम्परागत मान्यताको विपरित रहेको तथ्य विज्ञ, संस्कृतिविद र सरोकारवालाहरुका एकैमत रहेको विज्ञप्तीमा उल्लेख छ । 


मंकाः खलःका सचिव नरेशवीर शाक्यले सञ्चालन गरेको उक्त अन्तरक्रियामा लक्ष्मणराज राजवंशी लगायत विज्ञहरुले आ–आफ्नो धारणा राखेका थिए ।

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD