२२ आषाढ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

पञ्चकन्या ग्रुपका अध्यक्ष श्रेष्ठ सम्मानित


प्रकाशित: विहिवार, २६ चैत्र २०७७, १९ः०० बजे
- महानगरखवर

काठमाडौं । पञ्चकन्या ग्रुपका अध्यक्ष प्रेमबहादुर श्रेष्ठ विहिवार एक कार्यक्रमविच सम्मानति भएका छन । 


प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल चेम्बर अफ कमर्शको ७०औं वार्षिक साधारणसभामा श्रेष्ठलाई लाइफ टाइम एचिभमेन्ट अवार्डबाट सम्मानित गरेको हो । 


सम्मानित भएपछि श्रेष्ठले सो अवसरमा आफू सामन्य परिवारबाट आएरपनि १२ वटा उद्योग खोलेर देशको आर्थिक विकासमा योगदान पुराएको बताएका थिए । 


९० वर्ष पुगेका श्रेष्ठले आफू विदेशमा गएर परिचय दिँदा लेबर कन्ट्री भन्ने गरेकोले दुःख लाग्ने गरेको बताउँदै भने,‘यति सुन्दर देश भएपनि व्यवस्थापन गर्न नसक्दा गरीबीबाट माथि उठ्न सकेका छैनौ ।’


उनले प्रधानमन्त्री ओलीले मुलुकलाई राष्ट्रियपतीय निर्वाचनमा लगेर खर्च व्यवस्थापन कम गर्न र र विभिन्न क्षेत्रका विज्ञलाई मन्त्री बनाउने व्यवस्था गर्न सुझाव समेत दिए । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex