५ भाद्र २०८३, शुक्रबार
Header

पचिस करोड खर्चेर काठमाडौंलाई झिलीमिली बनाउँदै महानगर


प्रकाशित: बुधवार, ३१ साउन २०८०, २१ः२० बजे
- अजय खड्गी

काठमाडौं । काठमाडौं महानगरले सुन्दर महानगरको योजना अन्तर्गत पचिस करोड खर्च गरेर काठमाडौं महानगरलाई झिलीमिली बनाउने भएको छ । 


काठमाडौं महानगरका भौतिक पुर्वाधार योजना विभाग प्रमुख राम थापाले आर्थिक बर्ष २०८०/८१ मा महानगरले सुन्दर महानगरको स्वर्णिम योजना अनुसार नै अहिले महानगरका आर्क विजहरु बानेश्वरको बिजुली बजार, परोपकार पुल, डल्लु पुुलमा झिलीमिली बत्ति बाल्न थालिएको बताए । 

 


उनले भने,‘सुन्दर महानगर योजनाको लागि महानगरले २५ करोड बिनियोजन गरेका छौ, यसमा लाईट मात्र हैन, फुटपाथ, रंगरोगन, पार्क, आइल्याण्ड मर्मत सम्महार, सार्वजनिक पर्खाल, बाटोहरुमा पेन्टिङ सुन्दर महानगरको योजना हो ।


यस योजना अन्तर्गत आइल्याण्डहरु, पार्कहरु, डिभाइडरहरुमा बत्ति राखिने योजना रहेको उनले बताए । त्यसैगरी, सरसफाई, रेलिङ बनाउने, फुटपाथ व्यवस्थापन , पर्खालहरुमा पेन्टिङ गरिने छ । 


अहिले पुलमा राखिएको झिलीमिली बत्तिले अलि अप्ठेरो पारिरहेको छ भन्ने प्रश्नमा उनले अब एकै कलरको बत्ति लगाउने काम अघि बढेको सुनाए । 

 


पुल त उज्यालो देखियो तर सडक चाहि अन्धकार देखियो नि भन्ने प्रश्नमा विभागिय प्रमुख थापाले भने,‘ स्ट्रिट लाईटको अर्को प्रोग्राम छ, उज्यालो महनगर प्रोग्राम छ, अहिले सर्वे भईरहेको छ, मेजर मेजर ठाउँमा लगभग २ हजार बत्ति बल्छ, त्यस्ले स्ट्रीट लाईटको काम गर्छ ।’


महानगरले स्ट्रीट लाईटको लागि २० करोड बजेट बिनियोजन गरेको जानकारी दिए । 


अहिले पुलमा झिलीमिली बत्ति राखेपछि युवायुवतीहरु टिकटक बनाउने, तस्वीर खिच्ने, भिडियो बनाउनेहरुको भिडभाड पनि बढ्न थालेको छ । 


तस्वीरहरुः बिज्जु श्रेष्ठ/महानगरखबर 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex