काठमाडौं । पचास भन्दा बढि स्पिड चलाउने ९४० सवारी साधानलाई ट्रापिक प्रहरीले कारवाही गरेको छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाले तीव्र गतिका कारण उपत्यकामा दुर्घटना बढेको भन्दै जेठ २८ गते देखि उपत्यकामा कलङ्कीदेखि कोटेश्वरसम्म र भक्तपुर सडकखण्डमा ५० भन्दा बढी स्पिड चलाउन निषेध गरेको छ ।
महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तले तीव्र गतिका कारण दुर्घटना बढेको सो अयिभान सञ्चालन गरेको जानकारी दिँदै
चालू आर्थिक वर्षमा मात्र उपत्यकामा २३० व्यक्तिले सवारी दुर्घटनामा ज्यान गुमाएका बताए ।
अधिकांश मोटरसाइकल चालक तिव्र गतिमा चलाउने भएकोले दुर्घटना हुने गरेको महाशाखाले जनाएको छ ।
यातायात व्यवस्था विभागका अनुसार हाल देशभर ३३ लाख तथा काठमाडौँ उपत्यकामा नौ लाख हाराहारीमा सवारीसाधन सञ्चालनमा रहेका छन ।
Categorized in समाज