१५ बैशाख २०८१, शनिबार
Header

पचास प्रतिशत दर्शक राखेर हल खोल्न पाईने, रात्रिकालीन व्यवसायीलाई टाईम कार्ड


प्रकाशित: शुक्रवार, १८ भाद्र २०७८, २०ः०० बजे
- महानगरखवर

काठमाडौं । पचास प्रतिशत दर्शक राखेर सिनेमा हल खोल्न पाईने भएको छ । 


काठमाडौं जिल्ला प्रशासन कार्यालयले शुक्रवार फिल्म हल व्यवसायीहरूलाई ५० प्रतिशतमात्रै दर्शक राखेर हल सञ्चालन गर्न निर्देशन दिएको छ । 


प्रजिअ कालिप्रसाद पराजुलीले चलचित्र विकास बोर्ड तथा फिल्म व्यवसायीहरूसँगको बैठकमा निर्देशन दिएको हो । लोकदोहोरी साँझ, क्लब लगायत रात्रिकालीन व्यवसायीहरू र फिल्म हल व्यवसायीहरूसँग बैठक भएको थियो । 


स्वास्थ्यको मापदण्ड अनिवार्य रूपमा पालना गरेर फिल्म हल सञ्चालन गर्नु पर्ने छ । त्यसैगरी दोहरी तथा नाईट क्लवको हकमा भने समय सिमा तोकिएको छ । 


लोकदोहोरी साँझहरू राति १२ बजेभित्रमा बन्द गरिसक्नुपर्ने छन । त्यस्तै क्लबहरू राति २ बजेसम्ममा बन्द गर्नुपर्ने निर्देशन काठमाडौं प्रशासनले दिएको छ । 


सबै स्वास्थ्यका प्रोटोकल पालना गर्नुपर्ने छ अन्यतथा कारबाही गर्ने गरी सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, पर्यटन बोर्ड, चलचित्र विकास बोर्ड, लोकदोहोरी लगायतका प्रतिनिधिहरू राखेर अनुगमन समिति बनाइएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD