८ बैशाख २०८१, शनिबार
Header

पचली भैरवको जग्गामा बनेको स्कुलको संरचना भत्काईए


प्रकाशित: शनिवार, ४ साउन २०७६, २०ः०० बजे
- महानगरखवर

काठमाडौं । पचली भैरव मन्दिरको जग्गामा बनेको स्कुलको संरचनालाई शनिवार स्थानीय गुठियारलगायत सम्पदा अभियन्ताहरुले भत्काएका छन । 


मन्दिरको जग्गामा श्री महेन्द्र सरस्वती सेवा आवासिय विद्यालयले निर्माण गरेको संरचना भत्काएका हुन । 


गुठियार, स्थानिय, सम्पदा अभियान्ताहरुको मन्दिरको जग्गामा कसैलाई थाहा नदिई धमाधम स्कुलको संरचना बनाएको आरोप छ ।


उनीहरुले संरचना कार्य रोक्न आग्रह गरेपनि निर्माण कार्य नरोकेको भन्दै स्कुल भवन संरचना विवादबारे बोलाएको बैठक निष्कर्षमा नटुगिएपछि  स्थानीय, गुठियारहरुले भत्काएका थिए । 


स्कुलको भवन ठडयान राकेको पिलर, रड र ईटाको फाउण्डेशनहरु सबै भत्काईदिएको भेलामा सहभागी नमस्ते सायमीले जानकारी दिए । 


सो स्थानमा पहिला पोखरी थियो र पोखरी सुकेपछि खाली रहेको चौरमा स्कुलले गुठीयाहरुसँग विना सहमति भवन निर्माण कार्य सुरु गरेका थिए । 


स्कुल पक्षले सहमतिमै निर्माण कार्य सुरु गरेको भनेपनि भवन निर्माणको नक्सापास, स्वीकृती तथा सहमति लगायतका कुनै लिखित प्रमाण भने छैन । 

 

 

 

 



 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD