१४ बैशाख २०८१, शुक्रबार
Header

पचली भैरवको कथालाई समेटिएको पुस्तक लोकार्पण 


प्रकाशित: शनिवार, ११ असार २०७९, १४ः२० बजे
- महानगरखबर

काठमाडौ । पचली भैरवको कथालाई पुस्तकका रुपमा लोकार्पण गरिएको छ । 


शनिवार टेकुमा आयोजित एक कार्यक्रमविच काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोल, बौद्ध विद्वान यज्ञमानपति बज्राचार्य लगायतले पुस्तक लोकार्पण गरेका थिए । 


सो अवसरमा महानगर उपप्रमुख डंगोलले पुस्तकले आउने पुस्तालाई नाटकबारे बुझ्ने मौका दिने बताउँदै काठमाडौंलाई मूर्तसँगै अमूर्त सम्पदाको धनी केन्द्र भएको सुनाईन ।


चन्द्रमान मुनिकारले संकलन गरेको कथा र निर्देशन गरेको नाटकको पुस्तक लोकार्पण गरिएको हो । गत वर्ष कात्तिक २५ गते देखि मंसिर ४ गतेसम्म सो नाटक कौसी थिएटरमा मञ्चन गरिएको थियो ।


कथाको नाट्य रुपान्तरण र सह–निर्देशन इँगिहोपो कोंइच सुनुवारले गरेका थिए भने नाटकको सम्पूर्ण व्यवस्थापन सुदन मुनिकारले गरेका थिए । नाटकमा प्रमुख पात्र भैरबको अभिनय गरेका सुदन मुनिकारले कार्यक्रम संचालन गरेका थिए । 


कार्यक्रममा ब्रजकला कुञ्जका संस्थापक अध्यक्ष चन्द्रमान मुनिकारले छिट्टै नयाँ नाटकको लिएर रंगमञ्चमा फर्किने बताएका थिए ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD