१९ बैशाख २०८१, बुधबार
Header

पक्राउ परेका व्यापारी अरुण चौधरीलाई ४ दिन हिरासतमा राख्न अनुमति


प्रकाशित: विहिवार, १८ माघ २०८०, १९ः४० बजे
- महानगरखवर

काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पक्राउ गरेका उद्योगी व्यपारी अरुण चौधरीलाई चार दिन हिरासतमा राख्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको छ । 


बाँसबारी छालाजुत्ता कम्पनीको जग्गा हिनामिना प्रकरणमा चौधरीलाई बिहीबार चौधरीलाई लाजिम्पाटबाट सीआईबीले पक्राउ गरेका हुन । 


काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी चन्द्रप्रसाद पन्थीका अनुसार जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले चौधरीलाई चार दिन हिरासतमा राख्नका लागि म्याद थप गरेको हो ।


पक्राउ परेका चौधरी सीजी होल्डिङ्सका अध्यक्ष तथा प्रबन्ध निर्देशक हुन ।


त्यसैरी सिआईबीले अजितनारायणसिंह थापालाई पनि पक्राउ गरेको थियो । थापा बाँसबारी छाला जुत्ता कम्पनीका तत्कालीन अध्यक्ष हुन ।


उद्योगी तथा व्यवसायी अरुण चौधरी प्रक्राउ परेको प्रति निजी क्षेत्रले आजै एक पत्रकार सम्मेलन गरे आपत्ति जनाएको छ ।


नेपाल उद्योग परिसंघ (सीएनआई) ले चौधरी नेपालको माटोमा हुर्किएका उद्यमी रहेको र उनी देश छाडेर कतै जान नलागेको भन्दै हठात पक्राउ गरिएको प्रतिक्रिया दिएको छ ।


सीएनआईले पक्राउअघि प्रहरीले कुनै सूचना नदिएको र अनुसन्धानका लागि समेत नबोलाएको बताएको छ । 


व्यवसायी मात्र नभएर सबै निजी क्षेत्र त्रसित हुने गरी धरपकड गरिएको निजी क्षेत्रको गुनासो छ ।


‘यसले सम्पूर्ण उद्योगी–व्यवसायीको मानमर्दन भएको हामीले महसुस गरेका छौं,’ सीएनआई अध्यक्ष राजेश अग्रवालले भने ।

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD