१४ बैशाख २०८१, शुक्रबार
Header

न्हुदँ समारोह समितिद्वारा नेवाः परम्परा अनुसार तिहार मनाउन आग्रह


प्रकाशित: सोमबार, ४ कातिक २०७६, १०ः०० बजे
- महानगरखवर

काठमाडौं । नेपाल संवत न्हूदँ राष्ट्रिय समारोह समिति ११४० ले नेवाः परम्परा अनुसार स्वन्ति नखः (तिहार) मनाउन आग्रह गरेको छ ।


आईतबार एक पत्रकार सम्मेलन गरी समितिले तीन दिन सम्म आफ्नै परम्परा र व्यवहार अनुसार तिहार मनाउन आग्रह गर्दै विज्ञप्ती समेत जारी गरेको छ । 


समितिका अध्यक्ष रमेश महर्जनले वाङमय शताब्दी पुरुष सत्यमोहन जोशी, विज्ञ, संस्कृती विज्ञहरुसँग छलफल गरेर सर्वसाधरण सबैको लागि जानकारीको पत्रकार सम्मेलन गरेको बताए । 


जारी विज्ञप्ती अनुासर कर्तिक ११ गते लक्ष्मी पूजा (लक्ष्मी पूजा यायेगु दिं ने.सं. ११३९ कौलागा अमाई), कर्तिक १२ गते नेपाल संवत् न्हूदँ तथा म्हपूजा  र कतिक १३ गते किजा पुजा( भाईपूजा) गर्न अनुरोध गरेको छ । 


पत्रकार सम्मेलनमा समितिका सल्लाहकार संयोजक लम्क्षीदास मानन्धर, नेवाः जागरण मञ्चका अध्यक्ष सुजिब बज्राचार्य, समितिका उमेश स्थापित, पत्रकार बिजयरत्न अंशवरे लगायतको उपस्थिती रहेको थियो । 

 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD