काठमाडौं । इटालियन कम्पनी (सीएमसी) आर्थिक टाट पल्टेर भाग्न खोजेका ईटालियन कामदार न्यू इयरपछि काममा फर्कने दुतावासले जनाएको छ ।
दुतावासको रोहबरमा पक्राउ परेका ८ ईटालिनयन कामदार रिहा भएका छन् । उनीहरु अंग्रेजी नयँ बर्ष बनाउन इटाली जाने तयारीमा छ ।
सीएमसीले यसअघि १७ डिसेम्बरमा एकतर्फी ठेक्का तोडेको जानकारीसहितको पत्र (लेटर अफ टर्मिनेसन) सरकारलाई बुझाएको थियो ।
मेलम्ची खानेपानी बोर्डमा शुक्रबार अर्को पत्र पठाउँदै सीएमसीले आफ्ना कामदारहरु नयाँ वर्ष मनाउन बाहिर जान लागेको दाबी गर्दै अंग्रेजी नयाँ वर्षपछि पुनः काममा फर्किने बताएको छ ।
सरकारले सीएमसीले ठेक्का तोडेपछि २ अर्ब धरौटी रकम रोक्का गरेको थियो । यस पक्षमा बहस चलिरहेको छ । यस मुद्दाको बहस आगामी आईतबार हुने भएको छ ।
इटालियन कम्पनी सीएमसीको तर्फबाट वरिष्ठ अधिवक्ता शम्भु थापालगायतको टोली र नेपाल सरकारको तर्फबाट पूर्वन्यायाधीवक्ता रमण श्रेष्ठलगायतको टोलीले बहस गर्दै आएका छन ।
मेलम्ची आयोजनाको सुरुङमार्ग र हेडवक्र्सको जिम्मा पाएको सीएमसीले सुरुङमार्ग खनेर फिनिसिङको काम पनि अन्तिम चरणमा पु¥याएको अवस्थामा ठेक्का छाडेको जानकारीसहितको पत्र आयोजनालाई दिएको थियो ।
यता खानेपानी मन्त्रालयका अधिकारीहरु कामदारहरु नयाँ बर्षपछि फर्कनेमा आशांका जाहेर गरेको छ ।
सिएमसीको ठेक्काको म्याद यही डिसेम्बरको अन्तिममा सकिदैछ ।
Categorized in राष्ट्रिय