२१ बैशाख २०८१, शुक्रबार
Header

न्यूरोड सडक क्षेत्रको पार्किङ आईतवारदेखि धरहरामा 


प्रकाशित: शनिवार, १३ माघ २०८०, १६ः१० बजे
- महानगरखवर

काठमाडौँ । न्यूरोड सडक क्षेत्रको पार्किङको विकल्पको लागि महानगरले सुनधारास्थित धराहरमा निर्माधिन पार्किङ निःशुल्क रुपमा उपलव्ध गराउने भएको छ । 


महानगर प्रहरी बलका प्रमुख नगर प्रहरी वरिष्ठ उपरीक्षक राजुनाथ पाण्डेका अनुसार आईतवारदेखि सो स्थानमा निःशुल्क पार्किङको व्यवस्था गरिएको हो । 


काठमाडौँ महानगरपालिकाले न्युरोडमा कालोपत्रे सडकमाथि सवारी पार्किङ् निषेध गरेपछि सवारी चालकहरुलाई सहज पार्किङ् स्थल उपलब्ध गराउने क्रममा यो सेवा दिन लागिएको महानगरले बताएको छ । 


५० हजार स्क्वायर फिट क्षेत्रफल निःशुल्क पार्किङका लागि उपलब्ध हुने उपरीक्षक पाण्डेले बताए ।  


यस अघि सो क्षेत्रको पार्किङको लागि महानगरले काठमाडौँ टावर (साबिक पुरानो बसपार्क) मा निःशुल्क पार्किङ् सेवा उपलब्ध गराइसकिएको छ । 


काठमाडौं २२ वडाको पहलमा गएको दशैँदेखि छठ पर्वसम्मको अवधिमा वडा कार्यालयले साझेदार र स्थानीय क्लवहरुसँगको सहकार्यमा निःशुल्क पार्किङ सेवा दिएको थियो । 

 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD