११ बैशाख २०८१, मंगलबार
Header

न्यूरोड पाकोमा आगलागी


प्रकाशित: शुक्रवार, १७ असोज २०७६, ०९ः०० बजे
- महानगरखवर

काठमाडौं । गएराती न्यूरोड पाकोमा आगलागी भएको छ । 


न्यरोड पाकोस्थित पाको युथ क्लव भवन रहेको  ६ तल्ला भवनमा आगलागी भएको प्रहरीले जनाएको छ । 


प्रहरीका अनुसार उक्त तल्लामा नक्कली सुनको गहना बनाउने कारखानामा दुर्गा पुजाको लागि धुप बाल्ने क्रममा आगलागी भएको भएको हो । 


आगलागीको कारण के कति क्षति भएको अनुमान थहा हुन नसकेपनि भीषण आगलागी भएको बुझिएको छ ।


आगलागी लगत्तै जुद्ध वारुण यन्त्र, महानगरिय प्रहरी बृत्त जनसेवा टोली, २२ वडा कार्यलय तथा स्थानीय वासीहरु, रणभैरब गण, सार्दुल जङ्ग गुल्म लगातबाट आगो निभाउन सहयोग गरेका थिए । 


त्यसैगरी बिधुत प्राधिकरण, स्थानीय संघ, संस्थालगायतका प्रतिनिधिहरु सहभागी रहेका थिए । 

 

 

 


तस्वीरः समर्थ रन्जित

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD