२१ बैशाख २०८१, शुक्रबार
Header

न्यूरोड क्षेत्रको कालोपत्र सडकमा भोलिदेखि पार्किङ निषेध


प्रकाशित: सोमवार, ८ माघ २०८०, १९ः०० बजे
- महानगरखबर

काठमाडौं । काठमाडौं महानगरपालिकाले मंगलावर (भोलि) देखि न्यूरोड क्षेत्रको कालोपत्र सडकमा पार्किङमा रोक लगाउने भएको छ । 


महानगर प्रहरी बलका प्रमुख नगर प्रहरी वरिष्ठ उपरीक्षक राजुनाथ पाण्डेका अनुसार सोमवारदेखि सो क्षेत्रमा पार्किङ निषेध गरेर सरसफाई गर्ने योजना रहको छ ।

 
धर्मपथ, जुद्ध शालिकदेखि इन्द्रचोकतर्फको सडक खण्ड, खिचापोखरी, महावौद्ध, वीरअस्पताल आसपासको कालोपत्रे सडकमा पार्किङ् निषेध गरिने उनले बताए । 


यसको विकल्पमा काठमाडौँ टावरमा निःशुल्क पार्किङ्को सुविधा उपलब्ध गराइने भएको छ ।  


यस ठाउँमा ३ सय वटा चारङ्ग्रे सवारी साधन र ७ सय वटा २ पाङ्ग्रे सवारी साधन पार्किङ् गर्न सकिन्छ । 
 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD