१५ बैशाख २०८१, शनिबार
Header

न्यूरोडस्थित फोटो कन्सर्नबाट ४ जना पक्राउ


प्रकाशित: बुधवार, १६ पुष २०७६, १८ः०० बजे
- महानगरखवर

काठमाडौं । प्रहरीले न्यूरोडको पाकोस्थित फोटो कन्र्सनबाट ४ जनालाई पक्राउ गरेको छ । 


नक्कली स्मार्ट सवारी चालक अनुमति पत्र (लाइसेन्स) बनाउने गिरोहको अनुसन्धानको क्रममा उनीहरुसहित ६ जनालाई पक्राउ गरेको हो ।


सातदोबाटोमा एक सवारीचालकको साथबाट शंकास्पद स्मार्ट लाइसेन्स भेटिएपछि गरिएको अनुसन्धानमा महानगरीय ट्राफिक महाशाखा, रामशाहपथले लाइसेन्स नक्कली भएको प्रमाणित गरेको थियो । 


सोही क्रममा प्रहरीले अनुसन्धान अघि बढाउँदा फोटो कन्सर्नका ४ जनासहित ६ जनालाई पक्राउ गरिएको  समाचार छ । 


पक्राउ पर्नेहरुमा फोटो कन्सर्नका फोटो ग्राफर काठमाण्डौका कुमार तण्डुकार, काठमाडौंकी सेल्स अफिसर अनन्ता गुरुङ, प्रिन्टर तथा मार्केटिङको काम गर्ने बाराका अशोक कार्की, क्यासियर सिराहका मोहन यादब रहेका छन ।


त्यसैगरी आशिष स्टुडियोका संचालक सुबाष भन्ने सर्लाही हरिवनका बुद्धि बहादुर रोक्का र सर्लाही लालबन्दीका दिपक ब्लोन पक्राउ परेको महानगरी अपराध महाशाखाले जनाएको छ । 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD