२४ बैशाख २०८१, सोमबार
Header

न्यूरोडमा सुन गाल्ने कारखानाबाट करिब ८ किलो सुनसहित एक जना पक्राउ


प्रकाशित: बुधवार, २० मंसिर २०८०, १२ः३० बजे
- महानगरखवर

काठमाडौं । प्रहरीले मंगलवार राति न्यूरोडस्थित सुन गाल्ने एक कारखानामा छापा मारेको छ । 


उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार ‘न्यु ओमपाल गोल्ड शप’ का सञ्चालक पदमप्रसाद पाण्डे पक्राउ गरेको हो ।


कैलाली घर भई काठमाडौंको सानोर्भयाङ बस्ने ४१ वर्षीय पाण्डेलाई प्रहरीले थप अनुसन्धान गरिरहेको छ । झण्डै ८ किलो सुन बरामद गरेको छ ।


उनले तस्करी गरी ल्याएको सुन बिक्री गर्ने गरेको भन्दै प्रहरीले छापा मारेको थियो । 


पाण्डेले तस्करीको सुन गालेर गहना बनाएर बेच्ने गरेको सूचना प्रहरीले पाएको थियो । 


यसअघि प्रहरीले ३ साउनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार जाँच पार गरेर बाहिरिएको ६० किलो सुन बरामद गरेको थियो ।
 

फाइल तस्वीर

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD