८ बैशाख २०८१, शनिबार
Header

न्यूरोडबाट ३८ लाख नगदसहित दुई जना हुण्डी कारोवारी पक्राउ


प्रकाशित: विहिवार, १२ मंसिर २०७६, १९ः२० बजे
- महानगरखवर

काठमाडौं । प्रहरीले काठमाडौंको न्यूरोडबाट २ जना हुण्डी कारोवारीलाई ३८ लाख नगदसहित पक्राउ गरेको छ । 


पक्राउ पर्नेमा कृष्णप्रसाद भट्टराई र अन्जनी ओभरसिजका संचालक गोवर्धनप्रसाद सरावगी रहेको प्रहरीले जनाएको छ । 


प्रहरीका अनुसार भट्टराईलाई ३० लाख नगदसहित र सरवागीलाई अवैध रकम ८ लाख १२ हजार र विभिन्न व्यक्तिहरूको नाममा काटिएको चेक पनि बरामद गरेको छ । 


काठमाडौं उपत्यका भित्र गैरकानुनी तवरले हुण्डीको कारोवार गरी राजश्व छली गरेको गोप्य सूचनाको आधारमा प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD