२२ बैशाख २०८१, शनिबार
Header

न्यूरोडबाट हुन्डी कारोवारमा सलग्न ३ जना ३१ लाख ८१ हजार ३८५ नगद सहित पक्राउ


प्रकाशित: विहिवार, १७ कातिक २०७९, १६ः०० बजे 
- महानगरखवर

काठमाडौं । प्रहरीले हुन्डी कारोवारमा संलग्न ३ जनालाई न्यूरोडबाट पक्राउ गरेको छ । 


उनीहरुलाई ३१ लाख ८१ हजार ३८५ रुपैयाँसहित पक्राउ गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले बताएका छन । 


एसपी कृष्णप्रसाद कोइरालाका अुनसार विशालबजारको अनुज सेन्टर र खिचापोखरीको जयदुर्गा ट्रेड इन्टरनेशनलबाट उनीहरूलाई बुधबार पक्राउ गरेको हो । 


पक्राउ पर्नेमा नयाँ दिल्ली घर भई ठमेल बस्ने ५० वर्षीय कमलकान्त कुल्थिया, सप्तरी घर भई नक्साल बस्ने ६७ वर्षीय निर्मलकुमार अग्रवाल र राजस्थान घर भई ताहाचल बस्ने ५५ वर्षीय किशन गोपाल छन ।


हाल उनीहरुलाई अनुसन्धनको लागि जिल्ला प्ररही परिसर टेकुमा राखिएको छ ।

 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD