१ जेठ २०८३, शुक्रबार
Nepal Bank AD 2082 mansir

न्यूरोडको पार्किङ वडाको सहकार्य विना हटाएकोमा आपत्ति, निःशुल्क पार्किङको माग (भिडियो)


प्रकाशित: विहिवार, २५ माघ २०८०, २१ः३० बजे
- महानगरखबर

काठमाडौं । काठमाडौं महानगरपालिकाले न्यूरोड क्षेत्रको पार्किङ वडाको सहकार्य विना हटाएकोमा काठमाडौं – २२ वडा अध्यक्ष चिनिकाजी महर्जनले आपत्ति जनाएको छ । 


विहिवार वडा अध्यक्ष महर्जनले पत्रकार सम्मेलन गरी महानगर प्रमुख बालेन्द्र साह (बालेन)ले आफूसँग कुनै सहकार्य नगरी मनोमानी रुपमा न्युरोड क्षेत्रको पार्किङ हटाएकोमा दुःख लागेको बताए । 


उनले स्थानीय, सरोकारवाला, व्यापारीहरुको मार्कालाई वे–वास्ता गरी पार्किङको विकल्प विना यसरी पार्किङ हटाउँदा बजारनै धरापमा पर्न सक्ने संभावना रहेको बताए । 


महानगरले अविलम्ब रुपमा निःशुल्क पार्किङको व्यवस्था गरी यो समस्या समाधान गर्नुको विकल्प नभएको उनले बताए । 


प्रमुख बालेनको जनपक्षीय हरेक कामको वडा जनप्रतिनिधिहरुले पूर्ण रुपमा समर्थन गर्दै आएको बताउँदै उनले भने,‘हामी बहुमत हुँदा हुँदै पनि ३२ जना वडा अध्यक्ष हामी सबै पार्टीका हौ, यति हुँदा हुँदै उहाँको कार्यलाई साथ दिऔं तर परिणाम यस्तो भयो, बडो दुःख लाग्दो छ ।’

 


भिडियोः बिज्जु श्रेष्ठ/महानगरखबर 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex