काठमाडौं । काठमाडौं महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले न्यूरोडको दमकल भवन पुननिर्माण गर्न पुराततत्व विभागले सहमति नदिएको बताएको छ ।
गत शुक्रवार माघ २ गते राष्ट्रिय भूकम्प स्मृति दिवशको अवसरमा भुगोल पार्कमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख शाक्यले सो कुरा बताएका हुन ।
शाक्यले भने,‘नयाँ सडकको भवन पुरानो छ । हामीले यसलाई पुननिर्माण गर्न चाहेका छौं । तर, पुरातत्व विभागले सहमति दिएन । रातविरात उठेर सेवामा जानु पर्ने अग्नि नियन्त्रक आफैं जोखिममा बसेका छन् । यो भवन पुननिर्माण गर्न सहयोग आवश्यक छ ।’
महानगरले यो भवन पुननिर्माण गर्ने योजना बनाएको छ । तर पुरातत्व बिभागको सहमति प्राप्त गर्न नसकेर योजना अड्किएको हो । अहिले दमकल भवन जिर्ण अवस्थामा छ ।
दमकल भवन पुरानो र जीर्ण छ, भवनको माथिल्लो तलामा अग्नि नियन्त्रक बस्ने कक्ष र खाना बनाउने कक्ष चर्किएर बस्न नमिल्ने अवस्थाका छन । २०७२ सालको भूकम्पको कम्पनले जीर्ण बनेको भवनमा अग्नि नियन्त्रकहरु बस्ने गरेका छन ।
सो अवसरमा शाक्यले काठमाडौंको दमकल सेवालाई विस्तार गर्ने क्रममा बौद्धमा आधुनिक भवनसहितको सेवा सुरु गरिसके तथा महाराजगञ्जमा भवन निर्माणको चरणमा रहेको जानकारी दिएका थिए ।
भूकम्पीय क्षति न्युनीकरणका लागि महानगरले भवन निर्माण मापदण्ड जारी गरिसकेको र कोविड १९ को महामारीबाट बच्न संघ र प्रदेश सरकारभन्दा अगावै कोष स्थापना गरेर प्रयास थालिएको समेत शाक्यले बताए ।
कार्यक्रमलाई गृहमन्त्री रामबहादुर थापाले पनि सम्बोधन गरेका थिए । नागरिक सचेतना र विपद व्यवस्थापन गर्ने कानुनी प्रबन्धबाट सम्भावित क्षति कम गराउन सकिन्छ । प्रकृति र प्राकृतिक संरचनामा मान्छेले दख्खल दिइरहेका गृहमन्त्री थापाले बताए ।
कार्यक्रममा महानगरकी डेपुटी मेयर हरिप्रभा खड्गी श्रेष्ठले, विपद् जोखिमको सामना गर्न स्थानीय तहलाई क्षमतावान बनाउनु पर्नेमा जोड दिएकी थिईन ।
राष्ट्रिय विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अनिल पोखरेलले, समुदाय स्तरमा विपद् व्यवस्थापन गर्न स्थानीय तहलाई क्षमता विकास गर्न, स्वयमसेवकको अवधारणालाई मूर्त रुप दिन लागेको बताए । महानगरका विपद् व्यवस्थापन समितिका संयोजक एवं वडा २५ का अध्यक्ष नीलकाजी शाक्यले पनि जोखिमको न्यूकरणबारे बोलेका थिए ।
स्मृति सभामा ससस्त्र प्रहरी सहायक हवल्दार वीरेन्द्रबहादुृर साउद, नगर प्रहरी जवान मोहन चौधरी र नगर प्रहरी जवान विपिन घिमिरेलाई नगद १५ हजार रुपैयाँसहित सम्मान गरिएको थियो ।
काठमाडौं बारुण यन्त्र कार्यालय (जुद्ध बारुण यन्त्र कार्यालय) का प्रमुख लीलाराज गाछाका अनुसार दकमल प्रदर्शनीमा ४ वटा चालु अवस्थाका नयाँ दमकल, १९९४, २००१ र २०१५ सालका ३ वटा पुराना दमकल, २ वटा ल्याडर, १ वटा मिनी दमकल, एउटा हलुका र एउटा हेभी रेस्क्यु ट्रक, एउटा पानी ट््याङ्की र एउटा लाइट पोर्टेवल पम्पलगायत आगलागी नियन्त्रण तथा उद्धार कार्यमा प्रयोग हुने उपकरण तथा साधन राखिएका छन ।
१९९० माघ २ गते र त्यसपछिको भूकम्पमा परेर दिवंगतहरुको स्मृतिमा भूगोल पार्कमा स्मृति सभामा महानगरले हरेक बर्ष माघ २ गते स्मृति सभा आयोजना गर्ने गरेको छ ।
बिनाशकारी भूकम्पले सिकाएको पाठबाट सुरक्षित बस्ती निर्माणमा पुस्तालाई सहभागी गराउने उद्देश्य राखेर २०५५ सालदेखि हरेक बर्ष माघ २ गते भूकम्प सुरक्षा दिवस मनाउन थालिएको हो । यो २३ दिबस हो ।
Categorized in समाज