१५ चैत्र २०८०, बिहिबार
Header

न्यूरोडका ब्यापारीद्वारा अनुगमन टोली माथि दुर्व्यवहार, बाँधेर फाल्ने धम्की


प्रकाशित: विहिवार, २ असोज २०७६, १९ः०० बजे
- महानगरखवर

काठमाडौं । न्यूरोडको रञ्जना कम्पलेक्सममा विहिवार अनुगमनका लागि गएको वाणिज्य विभागको टोलीमाथि व्यापारीले दुर्व्यवहार गरेका छन । 


विभागको टोलीले कपडाको मूल्य अस्वाभाविक बृद्धि भएको सुचना पाएपछि अनुगमनको लागि गएका कर्मचारीहरुमाथि खनिएका थिए । 


विभागका महानिर्देशक योगेन्द्र गौचनले सञ्चारमाध्यमलाई दिएको जानकारी अनुसार मूल्यसूची नराखेका, खरिद बिल बिजक नभएका ४ वटा पसललाई जनही ५० हजार रुपैयाँका दरले जारीवाना गरे लगत्तै व्यापारीले टोलीमाथि दुर्व्यवहार गरेको थियो । 


व्यवसायीले अनुगमन टोलीलाई बोरामा बाँधेर कम्पलेक्समाथि बाट फालिदिने धम्की समेत दिएको गौचनले बताएका छन । 


दशैंतिहार नजिकिदै गएपछि विभागले अनुगमनलाई तिव्र बनाएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD