३ आषाढ २०८२, मंगलबार
Header

न्युरोडमा सुनचाँदी व्यवसायीहरूको प्रदर्शन


प्रकाशित: आइतवार, २५ जेठ २०८२, १२ः५० बजे
- महानगरखबर

काठमाडौं । न्युरोडमा सुनचाँदी व्यवसायी तथा कालिगढ संघर्ष समितिले प्रदर्शन गरेका छन । 


आइतबार बिहान समितिले सरकारले आगामी बजेटबाट सुनको गहनामा अनिवार्य दुई प्रतिशत विलासी कर र हिराका गहना भ्याट प्रणालीमा लैजाने घोषणा गरेको विरोधमा प्रदर्शन गरेको हो । 
दुवै व्यवस्था फिर्ता हुनुपर्ने माग गर्दै व्यवासायीहरुले प्रदर्शन गरेका हुन । 


सुनमा लगाइएको दुई प्रतिशत विलासी कर, हिरा जुवाहरत पत्थरमा लगाइएको १३ प्रतिशत भ्याट खारेज र उपभोक्ता, कर्मचारी, कालिगढ र व्यवसायीमैत्री ऐन तुरून्त जारी गर्न प्रदर्शनमा उत्रेका व्यवसायीहरुल माग राखेका छन ।

 

तस्वीरः न्युज एजेन्सी नेपाल

 

asteriskhubs
Home Page Bottom Second


NBL Suubha Gyan bachat
maharjan complex