४ जेठ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

न्युरोडमा चोरी गर्नेहरु सिसि टिभी फुटेजको आधारमा पक्राउ परे


प्रकाशित: शुक्रबार, २९ भाद्र २०७५, १९ः२१ बजे
- महानगरखबर

काठमाडौं । काठमाडौंको न्युरोडस्थित खिचापोखरीको सहकारी तथा पसलमा चोरी गर्नेहरुलाई सिसिटिभी फुटेजको आधारमा पहिचान गरी प्रहरीले पक्राउ गरेको छ । 


प्रहरीले नगद तथा सुन चाँदी चोरी गरेको अभियोगमा काठमाडौं नैकाप बस्ने रामेछाप दोरम्वा नगरपालिका–५ का ३२ वर्षीय होम बहादुर थापा मगर र  काठमाडौं कुलेश्वर वस्ने रामेछाप दोरम्वा नगरपालिका–३ का ३१ वर्षीय होम बहादुर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । 


गत भदौ ६ गते काठमाडौं महानगरपालिका–२२ खिचापोखरीमा रहेको क्यापिटल सेभिङ एण्ड क्रेडिट कोअपरेटिभ प्रा।लि र भदौ २६ गते सोही स्थानमा रहेको अमुल्यमान राजभण्डारीको कस्मेटीक पसलमा चोरी भएको घटनाको अनुसन्धान गर्ने क्रममा सिसि क्यामेरा फुटेजको आधारमा चोरी गर्ने अभियुक्तहरु बा.१ज.५६०२ नम्बरको ट्याक्सीमा चढी फरार रहेको देखिएकोले उक्त ट्याक्सी खोजतलास गर्ने क्रममा भदौ २६ गते काठमाडौं महानगरपालिका–१४ कुलेश्वरबाट ट्याक्सी चालक होम बहादुर श्रेष्ठलाई ट्याक्सी सहित प्रहरीले फेला पारी पक्राउ गरेको हो ।

 
पक्राउ परेका श्रेष्ठको वयानको आधारमा चोरी कार्यमा संलग्न रहेका होमबहादुर थापा मगरलाई भदौ २७ गते काठमाडौं महानगरपालिका–६ कपनबाट पक्राउ गरेको थियो । 


यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex