काठमाडौँ । अव्यवस्थित पार्किङले अस्तव्यस्त न्युरोडको धर्मपर्थमा एकै पटक ५०० सवारी साधान पार्किङ गर्न मिल्ने ‘स्मार्ट पार्किङ’ निर्माणको लागि काठमाडौ महानगरपालिकाले वोलपत्र आव्हान गरेको छ ।
बोलपत्र आव्हान एकल वा संयुक्त रुपमा गर्न सक्ने कामपाले जनाएको छ ।
सात तले भवनको पार्किङस्थलमा ३० प्रतिशत हरियाली र सौन्दर्यकरण हुने पर्ने प्रावधान राखिएको छ भने २५ प्रतिशत क्षेत्रमा अत्याधुनिक प्रविधिबाट विज्ञापन गर्न पाईने कामपाको सार्वजनिक साझोदारी एकाईका प्रमुख महेश काफ्ले जानकारी दिएका छन् ।
पार्किङस्थल अपांगमैत्री, पार्किङ पैदल यात्री मैत्री, बस्ने तथा पर्खने ठाउँको व्यवस्था, पर्याप्त उज्यालो, विद्युतीय सवारी चार्ज स्टेशन, कार सफाइ तथा मर्मत सुविधा र पार्किङ नियन्त्रक यन्त्र रहने कामपाको जनाएको छ ।
न्यूरोडस्थित धर्मपथको एक रोपनी १० आना जग्गा चर्चेर सो भवन निर्माण गरिने भएको छ ।
Categorized in प्रबिधि