१२ श्रावण २०८१, शनिबार
Header

न्युरोडको फुटपाथ विस्तार सुरु (तस्वीरहरु)


प्रकाशित: शनिवार, १२ जेठ २०८१, २१ः४० बजे
- महानगरखवर

काठमाडौं । काठमाडौंको न्यूरोड सडकको फुटपाथ विस्तार गर्ने काम महानगरले सुरु गरेको छ ।


शनिवार काठमाडौं न्यूरोड विशालबजर सडक खण्डमा महाानगरले डोजर चलाएर फुटपाथ विस्तारको लागि सडक खन्न सुरु गरेको काठमाडौं महानगरपालिकाका सह प्रवक्ता दिपक अधिकारीले जानकारी दिए । 


सह प्रवक्ता अधिकारीसँग भएको फोन सम्पर्कमा महानगरले यस कार्यका लागि अघिनै टेण्डर पनि आव्हान गरेकोले फुटपाथ विस्तारको काम अघि बढाएको बताए । 

 


सर्वसाधारणका लागि आवतजावतमा सहजतको लागि महानगरले न्यूरोड क्षेत्रको फुटपाथ विस्तार र स्तरोन्नतिको कार्य सुरु महानगरले जनाएको छ । 


न्यूरोड क्षेत्रको ११ मिटर लम्बाइ कालोपत्रे सडकको दायाँबायाँ २.४ र २.६ मिटरको फुटपाथ छ । सो फुटपाथ साढे एक मिटर बढाउने भएको हो । 


पहिलो चरणमा न्यूरोड गेट हुँदै धर्मपथको बाटोसम्म फुटपाथ विस्तार गरिने भएको छ भने न्यूरोडबाट प्यूखा, सुन्धारा र विशालबजार जाने बाटोमा समेत फुटपाथ विस्तार गरिने छ ।

 


सम्बन्धीत समाचारः सडक विभागको सहमति विना न्युरोडको फुटपाथ विस्तार नगर्न महानगरलाई पत्र


तस्वीरहरुः बिज्जु श्रेष्ठ/महानगरखबर 
 

asteriskhubs
Home Page Bottom Second


matribhasa patrakarita
nepal bhasa AD
chunikhel ad
maharjan complex