२८ बैशाख २०८१, शुक्रबार
Header

न्युरोडको आर.के. ज्वेलर्समा प्रहरीद्धारा छापा, पसलमा रहेको सुन, चाँदी हीरा जफत गरियो


प्रकाशित: सोमबार, २८ जेठ २०७५, १९ः२० बजे
- जेम्सज्वेलरीखबर

काठमाडौं । सनम शाक्य हत्यासँग जोडिएको ३३ केजी सुन तस्करी प्रकरणमा गठित अनुसन्धान समितिले सोमबार न्युरोडको आर.के. ज्वेलर्समा छापा मारेको छ ।

 
प्रहरीले पसलमा रहेको सुन, चाँदी, हीरा लगायत सबै सामान जफत समेत गरेको छ ।

 
‘आर.के. ज्वेलर्स’ सुन तस्करीको प्रकरणमा अभियुक्त रहेका राजेन्द्र कुमार शाक्यको हो । 


सहसचिव ईश्वरराज पौडेल नेतृत्वको विशेष अनुसन्धान टोलीले न्युरोडका दुई र दरबारमार्गको एउटा पसलमा छापा मारेको प्रहरीले जनाएको छ ।

 
समितिको टोलीमा टोलीमा विशेष अनुसन्धान समितिसहित कर कार्यालय, आपूर्ति व्यवस्थापन विभाग, सुनचाँदी व्यवसायी महासंघका प्रतिनिधि तथा वडाका जनप्रतिनिधि पनि सहभागी थिए ।


ज्वेलर्सका सञ्चालक शाक्य यसअघि नै पक्राउ परेर पूर्पक्षका लागि मोरङ कारागारमा छन् ।

 
यस अघि समितिले सुनका मुख्य लगानी कर्ता भनिएको मोहनकुमार अग्रवाल बस्दै आएको काठमाडौँको डिल्लीबजारस्थित सिल्भर सिटी नजिकै रहेको घरमा प्रहरीले छापा मारेको थियो । 
 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD