१३ बैशाख २०८१, बिहिबार
Header

न्युयोर्कमा ट्रक दुर्घटनामा नेपाली बालकको मृत्यु, आमा घाईते


प्रकाशित: बुधवार, २३ पुष २०७६, १७ः०० बजे
- महानगरखवर

काठमाडौं । न्युयोर्कमा एक फोहर संकलन गर्ने ट्रकले एक नेपाली आमा–छोरालाई ठक्कर दिएको छ । 


मंगलवार भएको उक्त दुर्घट्नमा १० बर्षिय बालक श्रीजल पन्थीको मृत्यु भएको र उनकी आमा मिना पन्थी घाइते भएको स्थानीय अनलाइनहरुले समाचार लेखेका छन । 


समाचार अनुसार श्रीजलको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ भने आमाको अवस्था गम्भिर रहेको छ । 


छोरा श्रीजललाई स्कुल जाने क्रममा उनीहरुलाई ९७ स्ट्रिट नजिक ५७ एभिन्यूमा मंगलबार बिहान करिब सात बजेतिर ट्रकले ठक्कर दिएको थियो । 


मृतक बालकका बाबुको नाम पुरुषोत्तम पन्थी भएको खुलेको पनि उनीहरुको नेपालको ठेगाना भने थाहा हुन सकेको छैन ।  पन्थी लेफ्राक सिटीको फ्रेन्डस् अफ द पब्लिक लाइब्रेरीका बोर्ड सदस्य हुन । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD