५ बैशाख २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

नेहा श्रेष्ठ मिस गोर्खा बनिन


प्रकाशित: सोमबार, २१ माघ २०७५, ०९ः०० बजे
- महानगरखबर

काठमाडौं । नेहा श्रेष्ठले मिस गोर्खाको उपाधि जितेकी छिन । 


गोरखा नगरपालिका–६, पदेलीकी २२ वर्षीया नेहाले १४ प्रतिस्पर्धीलाई पछि पार्दै मिस गोर्खाकी ताज पहिरिएकी हुन । 


उनले उपाधिसहित उनले नगद ५० हजार सम्मान स्वरुप पुरस्का पनि पाएकी छिन । मिस गोर्खाको उपाधि उनलाई गत वर्षकी मिस गोरखा इशा शाहले ताज लगाईदिएकी थिइन । 


त्यसैगरी प्रतियोगितामा फस्ट रनरअप भएकी बारपाककी किरण घलेले नगद ३० हजार पाइन भने सेकेन्ड रनरअपको उपाधि भएकी मास्किछापकी प्रिती थापाले पईन । उनले  नगद २० हजारसहित सम्मान पाएकी थिईन । 


थर्ड रनरअप भने बोर्लाङकी प्रिती गैरेले पाए । उनले पनि नगद पुरस्कार १० हजार पाए ।


प्रतियोगिताको बेस्ट फिगर अवार्ड पवित्रा बयल्कोटी, मस्ट हार्डवर्किङ अवार्ड शान्ता श्रेष्ठ, बेस्ट ट्रेनी अवार्ड प्रिती गैरेले पाए । त्यस्तै, बेस्ट स्माइल अवार्ड प्रिती थापा, मस्ट पङ्चुअल अवार्ड शान्ति तमाङ, मोस्ट स्टाइलिस अवार्ड निकिता घले र मस्ट फ्रेन्डली अवार्ड अनु शाक्य घोषित भईन । 
 

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex