काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)को अध्यक्षसहित थप पदाधिकारीको चयन आज हुने भएको छ ।
हिजो भएको निर्वाचनको मतगणना बुधबार बिहान १० बजेदेखि सुरू हुने भएको पार्टी प्रवक्ता कृष्ण शर्माले जनाएको छ ।
उनका अनुसार मंगलबार राति अबेरसम्म मतदान भएको थियो । ८२२ जना प्रतिनिधिले मात्रै मतदान गरेको उनले बताए ।
महिला क्लस्टरबाट मानुषी यमी भट्टराई र दलित क्लस्टरबाट दुर्गा सोब निर्वोरोध उपाध्यक्ष चयन भएकी हुन भने कोषाध्यक्षमा हरि रिजाल निर्विरोध पनि निर्वाचित भएका छन।
त्यसैगरी, १८ जना केन्द्रीय सदस्य पनि निर्विरोध निर्वाचित भएका छन । कोषाध्यक्षमा हरि रिजाल निर्विरोध निर्वाचित भएका छन्।
नेसपाले महाधिवेशनबाट ११ पदाधिकारीसहित ९९ सदस्यीय केन्द्रीय कमिटीको टुंगो लगाउन निर्वाचन गरेको थियो ।
अध्यक्षका लागि बाबुराम भट्टराई र नेत्र चापागाईं, तीन उपाध्यक्ष, महासचिवमा घमानसिंह गुरूङ र सोनामसिंह स्याङ्तान लगायतको प्रतिस्पर्धा रहेको छ ।
तीन जना सचिवको आजै टुंगो लाग्ने छ ।
12 Ferbury 2025, Wednesday
Categorized in राष्ट्रिय