काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को प्रथम महाधिवेशनमा आइतबार काठमाडौंको कमलादीमा सुरु भएको छ ।
नेसपका अध्यक्ष बाबुराम भट्टराईले राजनीतिक तथा संगठनात्मक प्रस्ताव पेस गरेका छन ।
प्रतिवेदनमा भट्टराईले नयाँ शक्ति र व्यक्तिहरूसँग संवाद तथा कार्यगत एकतालाई जोड दिने बताएका छन ।
भट्टराईको प्रतिवेदनमा उल्लेख छ,‘हाम्रो पार्टीको राजनीतिक संवाद समितिले यस सन्दर्भमा संकीर्णता, दलीय आग्रह र पूर्वाग्रहभन्दा माथि उठेर नयाँ र वैकल्पिक पार्टी समूह एवं व्यक्तिहरूसँग संवाद र सहकार्यको व्यवस्थित पहल गर्नेछ।’
उनले युगीन कार्यभार पूरा गर्ने वैकल्पिक राजनीतिक शक्तिको निर्माण एकैचोटि बनिबनाउ रूपमा वा रातारात नहुने पनि बताएका छन्।
उनले भने, ‘वैकल्पिक राजनीतिक शक्तिको विकल्प अझै उन्नत वैकल्पिक शक्ति मात्र हुनसक्छ। अतः इतिहासको यो जिम्मेवारी हिम्मतका साथ बहन गरौं। नेसपा (नयाँ शक्ति) लाई नेपालको वैकल्पिक राजनीतिक शक्तिको भरपर्दो केन्द्रको रूपमा विकास गरौं।’
नेसपा (नयाँ शक्ति) को महाधिवेशन माघ २९ गतेसम्म चल्नेछ ।
अध्यक्ष भट्टराईको राजनीति प्रतिवेदन हेर्न क्लिक गरौं

Categorized in राष्ट्रिय