८ जेठ २०८३, शुक्रबार
Nepal Bank AD 2082 mansir

नेशनल पावर न्युज म्युजिक अवार्ड सम्पन्न, सञ्चारकर्मी विजयरत्नलाई कला सम्मान


प्रकाशित: शुक्रवार, २५ माघ २०७५, १२ः०६ बजे
- महानगरखबर

काठमाडौं । नेपालको संगीत क्षेत्रका प्रथम समावेशी पुरस्कारको रुपमा थालनी गरिएको नेशनल पावर न्यूज म्युजिक अवार्डको दोश्रो संस्करण  “नेशनल पावर न्यूज म्युजिक अवार्ड २०१९” बिहीबार सम्पन्न भएको छ । 


काठमाण्डौंको राष्ट्रिय नाचघरमा भव्य रुपमा सम्पन्न सो अवार्ड कार्यक्रममा संघीय गणतन्त्र नेपालका प्रथम उपराष्ट्रपति परमानन्द झाको प्रमुख आतिथ्यमा नेपालभाषा, तामाङ्ग , राइ लगायर्त नेपालका विभिन्न भाषाभाषीका संगीतकर्मिहरुलाई सम्मानित र पुरस्कृत गरिएको थियो । 


संगीतका विभिन्न ५१ विधामा पुरस्कार प्रदान गरिएको सो कार्यक्रममा नेपालको संगीत र कला क्षेत्रमा जीवन अर्पण गरी योगदान पु¥याएका व्यक्तित्वहरुलाई सम्मानित गरिएको थियो । 


वरिष्ठ संचारकर्मी विजयरत्न तुलाधर असंबरेलाई नेपालभाषाका प्रथम म्युजिक भिडियो निर्देशकका रुपमा नेशनल पावर न्यूज कला सम्मान २०१९  प्रमुख अतिथी पूर्व उपराष्ट्रपति झाबाट प्रदान गरिएको थियो । 


सो कार्यक्रममा नेशनल पावर न्यूज पत्रकारिता पुरस्कार पत्रकार तुलसी गिरी भावुक , पारस पौडेल , काव्या आचार्य , निराजन भण्डारीलगायतलाई प्रदान गरिएको थियो 


पावर ईन्टरनेशनल मिडियाद्वारा आयोजित सो कार्यक्रममा आयोजक संस्थाका अध्यक्ष माधवराज खरेलले नेपाल मै प्रथम समावेशी संगीत पुरस्कारका रुपमा स्थापित यो पुरस्कारलाई अझ बृहत बनाउँदै लाने कुरा अभिव्यक्त गरेका थिए । 

 



 

asteriskhubs
Home Page Bottom Second


maharjan complex