४ जेठ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

नेविसंघ विवाद र सदन अवरोधमा केन्द्रित कांग्रेस बैठक बस्दै


प्रकाशित: विहिवार, १० माघ २०७५, ०९ः१० बजे
- महानगरखबर

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रिय बैठक आज विहान ११ बजे पार्टी कार्यलय सानेपामा बस्ने भएको छ । 


नेपाल विधार्थी संगठनको म्याद थप र सरकार विरुद्ध चलाएको सदन अवरुद्ध, सडक संघर्ष लगायतका विषयम केन्द्रित भएर बैठक बस्न लागेको हो । 


त्यसैगरी बैठकमा भर्खरै सम्पन्न महासमितिले भेलाले गरेको परित गरेको विधान, समसामयिक राजनीतिक घट्नाबारे पनि छलफल हुनेछ । 


बैठकमा सदनको अवरोधको विषय पनि मुख्य एजेन्डा बनाइएको छ । 


सरकारले कांग्रेसको असहमतिकै बीच राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित गर्ने तयारी गरेपछि कांग्रेसले त्यसको प्रतिक्रियास्वरुप केही दिनदेखि सदन अबरुद्ध गर्दै आएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex