४ जेठ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

नेविसंघ अध्यक्ष महरद्धारा राजीनामा 


प्रकाशित: सोमबार, २८ माघ २०७५, १५ः०५ बजे
- महानगरखबर

काठमाडौँ । नेपाल विद्यार्थी संघ (नेविसंघ) अध्यक्ष नैनसिंह महरले राजीनामा दिएका छन ।


अध्यक्ष महरले कांग्रेस सभापति शेरबहादुर देउवासमक्ष राजीनामा पत्र बुझाएको हो । 


कांग्रेस केन्द्रिय सदस्य रामकृष्ण यादवका अनुसार महरले सभापति देउवालाई राजीनामा बुझाएलगतै देउवाले महरलाई अहिले सम्म गरेका कामको मूल्यांकन गर्दै धन्यावद दिएको छ ।  


महरको राजीनामापछि कांग्रेसको आगामी केन्द्रिय महाधिवेशनको लागि तदर्थ समिति गठनको बाटो खुलेको छ । 


सङ्घको वर्तमान कार्यसमितिको म्याद यही माघ २ गते समाप्त भइसकेको अवस्थामा अध्यक्ष महरले राजिनामा दिनुभएको हो । सङ्घको वर्तमान कार्यसमिति २०७३ भदौ २ गते दुईवर्षे कार्यकालका लागि निर्वाचित भएको थियो । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex