१४ जेठ २०८३, बिहिबार
Nepal Bank AD 2082 mansir

नेविसंघ अध्यक्षमा ऋषिकेश शाहको दावी


प्रकाशित: आईतबार, ५ फागुन २०७५, ०८ः१० बज
- महानगरखबर

काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ)का पूर्व उपाध्यक्ष ऋषिकेशजंग शाहले अध्यक्ष पदको लागि दावी गरेका छन । 


शाहले शनिवार राजधानीमा एक पत्रकार सम्मेलन गरी अध्यक्ष पदको लागि अभियान चलाएका छन । 


‘एकताबद्ध नेविसंघका लागि साझा अभियान’ नामक कार्यक्रम आयोजना गरी अभियान चलाएको हो । 


शाहले कार्यक्रममा बोल्दै बर्तमान परिस्थितिमा नेविसंघको नेतृत्व पाए सबैलाई एकताबद्ध बनाएर लग्ने बताए । 


सो कार्यक्रममा नेविसंघका निवर्तमान उपाध्यक्ष पुष्पकुमार शाही, निवर्तमान सहमहामन्त्री बद्री मुडभरी, महेश्वरी कुँवर, प्रेमराज जोशी, निवर्तमान केन्द्रीय सदस्यहरु प्रेम शाही लगायतको उपस्थिती रहेको थियो । 


कांग्रेसले नेविसंघको महाधिवेशनको लागि तदर्थ समिति गठनको तयारी गरिरहेको छ । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex