१५ जेठ २०८३, शुक्रबार
Nepal Bank AD 2082 mansir

नेविसंघले आज विभिन्न कार्यक्रम गरी स्वर्ण जयन्ती मनाउँदै


प्रकाशित: शुक्रवार, ६ बैशाख २०७६, १०ः१० बजे
- महानगरखवर

काठमाडौँ । कांग्रेस भातृसंगठन नेपाल विद्यार्थी संगठनले शुक्रवार देशभर विभिन्न कार्यक्रम गरी आफ्नो स्थापनाको स्वर्ण जयन्ती मनाउँदै छ ।  


आजकै दिन विसं २०२७ वैशाख ६ गते पार्टी प्रतिबन्धित अवस्थामा रहेको बेला काठमाडौँको स्वयम्भूस्थित सत्तलमा सन्त नेता कृष्णप्रसाद भट्टराईको प्रमुख आतिथ्यमा नेविसङ्घको स्थापना गरिएको थियो । 


स्वर्ण जयन्तीको अवसरमा नेविसङ्घ काठमाडौँले पार्टीका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको प्रमुख आतिथ्यतामा उपत्यकास्तरीय शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको छ । 


यसैगरी, नेविसङ्घ निवर्तमान केन्द्रीय समितिले ‘वर्तमान परिस्थिति र नेपाल विद्यार्थी सङ्घको भूमिका’ खुला बहस कार्यक्रम, नेविसङ्घ पद्यकन्या बहुमुखी क्याम्पसको आयोजनामा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम, नेविसङ्घ धादिङ काठमाडौँ सम्पर्क समितिले दीप प्रज्वलन कार्यक्रम, नेपाल ल क्याम्पसको आयोजनामा चियापान तथा दीप प्रज्वलन कार्यक्रम राखिएको छ ।

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex