११ भाद्र २०८३, बिहिबार
Header

नेविसंघद्वारा बास्कोटालाई कार्वाही माग गर्दै प्रदर्शन


प्रकाशित: आईतबार, १८ फागुन २०७६, १०ः२० बजे
- महानगरखवर

काठमाडौं । ७० करोड कमिशनमा मुछिएका निवर्तमान सञ्चारमन्त्री गोकुल बास्कोटालाई कारबाही माग गर्दै काठमाडौंमा प्रदर्शन भएको छ । 


सेक्युरिटी प्रिन्टिङ प्रेसको कमिसनको बात लागेपछि राजीनामा दिएका बास्कोटालाई कारबाहीको माग राख्दै नेपाल विद्यार्थी संघ (नेविसंघ) ले आइतबार काठमाडौंमा प्रदर्शन गरेको हो । 


नेविसंघ त्रिचन्द्र क्याम्पस इकाइले प्रदर्शनमा सहभागीहरुले सरकारविरुद्ध नाराबाजी गरेका थिए । 


नेविसंघले स्ववियु निर्वाचनको कार्यतालिका तत्काल सार्वजनिक गर्न, ललिता निवास जग्गा प्रकरणको निष्पक्ष छानबिन गर्न तथा इन्धन र पुस्तकमा लगाइएको अतिरिक्त कर खारेज गर्न माग गरेको छ ।


बास्कोटाले भने अडियो टेप बनावटी भएको दाबी गर्दै स्वीस कम्पनीका स्थानीय ऐजेन्ट बिजयामिश्रविरुद्ध मानहानी र गालीबेइज्जतीको मुद्दा जिल्ला अदालत काठमाडौंमा दर्ता गरेका छन । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex