काठमाडौँ । नेपाल विद्यार्थी संघको महाधिवेशन गराउन नयाँ तदर्थ समिति गठनको तयारी गरिएको छ ।
नेपाली कांग्रेसको विहिवार वसेको केन्द्रिय समितिको बैठकमा सो कुरा छलफलमा आएको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बताए ।
संघको बर्तमान केन्द्रिय कार्यसमितिको पदावधि यही माघ २ गते सकिएपछि समितिलाई निरन्तरता नदिने पक्षमा आवाज बलियो भएपछि अर्को विकल्प खोजिएको प्रवक्ता शर्माको भनाई छ ।
यस अघि सङ्घको वर्तमान कार्यसमिति २०७३ भदौ २ गते दुईवर्षे कार्यकालका लागि निर्वाचित भएको थियो ।
सङ्घको विधानमा हाल उम्मेदवार बन्न ३२ वर्षे उमेर हदको व्यवस्था छ । सो प्रावधान आगामी महाधिवेशनबाट लागु हुने र नयाँ बन्ने तदर्थ समितिलाई लागु नहुने भनिएको छ ।
त्यस्तै काङ्ग्र्रेसको गत मङ्सिर २८ देखि पुस ८ गतेसम्म काठमाडौँमा भएको महासमिति बैठकले विधान संशोधनको प्रस्तावलाई केन्द्रीय कार्यसमितिले सुझाव समेटेर परिमार्जन गर्न सक्ने गरी पारित गरेको थियो ।
Categorized in समाज