२८ आश्विन २०८३, बुधबार
Header

नेविसंघको केन्द्रिय समितिको अवधी दुई महिना थपियो


प्रकाशित: सोमबार, ३ मंसिर २०७५, ०८ः२० बजे
- महानगरखबर

काठमाडौं । नेपाली कांग्रेसको आईतबार वसेको केन्द्रिय समितिको बैठकले नेपाल विद्यार्थी संघ (नेविसंघ)को आवधी दुई महिना थप गरेको छ । 


कांग्रेस पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले दिएको जानकारी अनुसार हिजोसम्म मात्र म्याद रहेको २ महिना थप गरेको हो । 


यस विसं २०७३ भदौ २ गते दुईवर्षे कार्यकालका लागि निर्वाचित वर्तमान केन्द्रीय समितिले त्यसयता थप गरिएको तीन महीनाको अवधिमा समेत महाधिवेशन गर्न सकेको थिएन । 


नेविसङ्घको विधानमा दुईवर्षे कार्यकाल र विशेष परिस्थितिमा तीन महीना थप गर्न सकिने व्यवस्था थियो । काङ्ग्रेस बैठकले तीन महीना थप गर्न सकिने प्रावधानको सट्टा पाँच महीना थप गर्न सकिने प्रावधानसहितको विधानलाई स्वीकृत गरेको प्रवक्ता शर्माले बताए । 


विसं २०२७ मा गठन भएको नेविसङ्घ काङ्ग्रेसको प्रभावशाली भ्रातृ संस्था हो । 


बैठकमा सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, केन्द्रीय सदस्य कृष्णप्रसाद सिटौला, डा रामशरण महत, अर्जुननरसिंह केसी, बलबहादुर केसी, फरमूल्लाह मन्सुर, नवीन्द्रराज जोशी, डा चन्द्र भण्डारी, शङ्कर भण्डारी, गगनकुमार थापा, गुरुराज घिमिरे, मोहनबहादुर बस्नेत, वीरबहादुर बलायर र प्रवक्ता विश्वप्रकाश शर्माले आ–आफ्नो धारणा भनाई राखेका थिए । 
 

asteriskhubs
Home Page Bottom Second


binod rajbhandari
Yogesh Khadgi KMC 27
kmc 28 wada bharam
maharjan complex