काठमाडौं । नेपाली कांग्रेसको मंगलवार बसेको केन्द्रिय समितिको बैठकले नेपाल विद्यार्थी संघको केन्द्रिय समिति विघटन गरको छ ।
सोमबार नेविसंघका अध्यक्ष नैनसिंह महरले कांग्रेस सभापति शेरबहादुर देउवासमक्ष राजीजनामा पेश गरेपछिको कांग्रेस बैठकले यो निर्णय गरेको हो ।
कांग्रेसको यो निर्णयसँगै नेविसंघ सभापति, पदाधिकारी र सदस्यबाट भएका सबै मनोनयन बदर भएको छ ।
नेविसंघको महाधिवेशनको लागि कांग्रेसले नयाँ तदर्थ कमिटि बनाउने बारे छलफल चलाईरहेको छ ।
Categorized in समाज