काठमाडौँ । प्रहरीले नेपाल विद्यार्थी संघ (नेविसंघ)का अध्यक्ष नैनसिंह महरासहित ७ जनालाई पक्राउ गरेको छ ।
गत शनिवार पोखरामा महानगरपालिकाको गाडी जलाउने नेविसंघका कार्यकताको रिहाई माग गर्दै मंगलवार काठमाडौंमा प्रदर्शनमा उत्रेपछि पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा नेविसङ्घका उपाध्यक्ष नवीन राई, नेविसङ्घ नेता डम्बर सुनार, सञ्जीव ढकाल, सञ्जिव खड्का, सागर पाण्डे र शङ्कर खड्का रहेका छन ।
महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता होवीन्द्र बोगटीका अनुसार विद्यार्थीले निषेधित क्षेत्र तोड्न खोजेपछि पक्राउ गरिएको जानकारी दिएको छ ।
हाल उनीहरुलाई पुलिस क्लब भृकुटीमण्डपमा राखिएको प्रहरीले जनाएको छ ।
Categorized in समाज